Setopana.com
सनराईज क्लवको रत्तदान,७२ युनिट रगत संकलन

पोखरा महानगरपालिका वडा नं २६ मा रहेको सनराईज क्लवको आयोजना तथा सृजना महिला समुह र सुन्दरीवजार टोल विकास सस्थाको सहकार्यमा भएको रत्तदानमा ७२ युनिट रगत संकलन भएको छ । 


नयाँ रत्तदातालाई रत्तदान गर्नका लागि अभिप्रेरीत गर्ने उदेस्यले क्लवको वार्षिक कार्यक्रम अन्तरग सातौ खुल्ला रत्तदानमा स्वत स्फुर्त रुपमा १२ जना भन्दा बढि पहिलो रत्तदाताले रत्तदान गरेका थिए । 


पहिलो रत्तदाता कमला न्यौपानेलाई वल्ड  ब्याग हस्तान्त्रण गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले क्लवले समाज परिवर्तनका लागि विशेष गरि युवाहरुलाई परिचालन गरि विकास निर्माणका क्षेत्रमा खेलेको भुमिका बारेमा चर्चा गर्दै क्लव र वडा विचको सहकार्यले विकास निर्माणमा थप सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए । 


सोही अवसरमा रत्तसंचार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले निरोगी मानिसले तीन ÷तीन महिनाको अन्तरमा रत्तदान गर्दा झन वढि निरोगी स्वच्छ रहन सकिने बिचार राखेका थिए । 


क्लवका अध्यक्ष सुर्यनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सृजना महिला समुहकी उपाध्यक्ष सुस्मा पौडेलले गरेकी थिईन भने कार्यक्रमको संचालन सचिव विनोद कार्की र धन्यवाद ज्ञापन कार्यक्रम संयोजक सन्तोष पौडेलले गरेका थिए । 

 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update