Setopana.com
हिमालय क्लवका नवनिर्वाचित अध्यक्ष थापालाई सम्मान

हिमालय क्लव, बाटुलेचौरका नवनिर्वाचित अध्यक्ष मोहन वहादुर थापा सम्मानित भएका छन्।

 

मानव अधिकारको लागी एकल महिला समुह, पोखरा १६ ले शनिबार एक कार्यक्रमका बीच अध्यक्ष थापालाई सम्मान गरेको हो । पोखराकै अग्रणी सामाजिक संस्था हिमालय क्लवकाे अध्यक्षमा निर्वाचित भएको भन्दै समुहका अध्यक्ष दुर्गा केसी थापा, सचिव कोपिला खतिवडा, वयोवृद्ध एकल महिला गीतादेवी तिमिल्सिनाले सम्मान गरे । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले समाज रूपान्तरणमा एकल महिलाको भुमिका उल्लेखनीय रहेको बताए। उनले यस्ता सामाजिक संस्थाहरूसँग सहकार्य गरी अगाडी बढ्न क्लव तयार रहेको समेत वताए । समुहका अध्यक्ष दुर्गा केसी थापाले एकल महिलाको सामाजिक अधिकार सुनिश्चित गर्न क्लवको भुमिका महत्वपुर्ण रहेको बताईन्। 

 

समुहका कानुनी सल्लाह दिलबहादुर बस्नेतले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरे ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update