Setopana.com
मिस पोखराको फाइनल  शनिबार , पराजुलीद्वारा भोटको आग्रह

मिस पोखरा २०२४ को ग्राण्ड फिनाले  आगामी शनिबार हुने भएको छ। 

 

पोखरा जेसिजको आयोजनामा हुने प्रतियोगितामा १७ जना फाईनल चरणमा प्रवेश गरेका छन्।६ वर्ष पछि पोखरा जेसिजले गरेको मिस पोखराको ग्राण्ड फिनाले पोखरा कार्तिक १०गते   सभागृहमा हुने आयोजक संस्था पोखरा जेसिजले जनाएको छ। मिस पोखराको ताज पहिरिन १७ जना प्रतिश्पर्धीले आ-आफ्नो तयारी गरिरहेका छन्। भोटिङ खुला भएसँगै आफूलाई जिताउन सामाजिक संजालमा आग्रह समेत गरिरहेका छन्।कन्सटेन्टेन नम्वर १२ कि ईशा पराजुलीले आफुलाई भोट गरी मिस पोखरा बन्ने अवसर प्रदान गरिदिन आग्रह गरेकि छिन्। पोखरा ३ नदिपुर निवासी पराजुली नर्सिङ अध्ययनरत छिन्। पराजुलीलाई खल्ती एपमा गएर भोट गर्न सकिने छ ।

 

पोखरा जेसीजले सन् १९७५ देखि समाज रुपान्तरण र युवाहरुको सशक्तिकरणमा महत्वपूर्ण योगदान दिँदै आएको छ, र यो प्रतियोगिता पनि त्यही उद्देश्यलाई अघि बढाउँदै गरिएको हो। मिस पोखरा २०२४ लाई थप भव्य बनाउन, पोखरा जेसीजले प्रतिष्ठित इभेन्ट म्यानेजमेन्ट कम्पनी इभेन्ट्स फर यू प्रा.लि. सँग सहकार्य गरेको छ। कार्यक्रमको व्यवस्थापन विशाल गुरुङको नेतृत्वमा इभेन्ट्स फर यू को टिमले गरिरहेको छ ।

 

पोखरा जेसीजले आफ्नो बहुप्रतीक्षित वार्षिक कार्यक्रम, मिस पोखरा २०२४   पोखराका युवतीहरूको व्यक्तित्व, क्षमता, र नेतृत्व विकासमा केन्द्रित छ। 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update