Setopana.com
कास्की माछापुच्छ्रेका योन्जन हिमाल आरोहण गर्दै

 सरद यामको सुरुवात र मनसुन निष्क्रिय हुदैं गएपछि खुल्न थालेको आकाश,अग्ला हिमाल र नाङ्गा डाडांहरुको पृष्ठभुमि जता हेरेपनि चारैतिरबाट देखिने हिमश्रृङ्खला लगायत विविधतायुक्त भूगोल,संस्कृति र प्रकृतिको सगंम मानिने नेपालको एक पदयात्राको आकर्षक बनेको छ हिमलुङ् हिमाल जुन हिमालमा पछिल्लो समय नेपाली तथा विदेशी पर्यटकहरुको पदयात्राको आकर्षक गन्तव्य बनेको छ । 

 

हिमलुङ् हिमाल समुन्द्र सतहबाट (७१२६) मिटरको उचाईमा रहेको छ । सोही हिमलुङ् हिमालको आरोह गर्नका निमित्त रक्ष बहादुर योन्जन तामाङ् यूके बेलायतबाट नेपाल फर्किनुभएको छ । कास्की जिल्लाको माछापूच्छ्रे गाउंपालिका वडा नं. ९ सिदिङ गाउंमा जन्मिनुभएका रक्ष योन्जन हाल बेलायतलाई कर्मथलो बनाउंदै आउंनुभएको छ । पिता गणेश योन्जन तामाङ र माता इसमाया स्याङ्बो तामाङ्को कोखबाट जन्मिनुभएका छैटौं शन्तान हो । उहां १९ वर्ष ब्रिटिस आर्मिमा कार्यरत रहि हाल विभिन्न सघंसस्थामा आवद्द भई विशेषगरी समाजसेवामा लागि पर्नुभएको छ । त्यस्तै बुद्द धर्म प्रति पनि त्यत्तिनै आस्थावान हुनुहुन्छ । 

 

योन्जनले हिमलुङ् हिमाल आरोह गर्नको निमित्त सात महिना तालिम प्राप्त गर्नुभएको छ । उहांले बेलायतको अग्लो डांडां २ हजार देखि ३ हजार मिटर उचाई सम्म रहेको उक्त डांडां २४ घण्टामा १५ वटा डांडांहरुको पदयात्रा गरिसक्नुभएको बताउनुभयो । उहांले पदयात्रासगै १३ किलो सम्मको भारी बोकेर २५० माईल पार गरिसक्नुभएको छ । उहांसगै ४० जनाको समूह २५ एच एस टि को माध्यमबाट हिमलुङ हिमाल आरोहीमा सहभागिता रहेको बताउनुभयो । उक्त ४० जनाको समूह कात्तिक ४ गते काठ्माण्डौबाट लम्जुङ्,मनाङ र मुस्ताङ हुंदै हिमलुङ हिमाल तर्फको यात्रा सुरुवात हुनेछ । उहांका अनुसार सो यात्रा २१ दिनको रहनेछ । 

 

पछिल्लो समय विभिन्न हिमश्रृङ्खलाहरुको अवलोकन गर्नका निमित्त आर्थिक सङ्कलन गरेरै भएता पनि हिमाल आरोह भने गरिरहेकै छन् तर योन्जन भने व्यक्तिगत आर्थिकमा नै हिमाल आरोह गर्ने बताउनुभयो । सोही हिमाल आरोह पश्चात मर्दिहिमाल पदयात्रा गरिने योजना रहेको बताउनुभयो । आगामी दिनमा यो भन्दा अग्ला-अग्ला हिमालहरुको आरोह गर्नका निमित्त अहिले भने हिमलुङ हिमालबाट सुरुवात गरिने जनाईएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update