Setopana.com
हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत गरेको छ।

 

बिहीबार एक कार्यक्रमका बीच क्लवले सल्लाहकार राजेन्द्र वहादुर देवकोटा, खिमलाल अधिकारी,कुमार श्रेष्ठ, गुरूदत्त भट्टराई, दुर्गा केसी थापा, राजकुमारी बानियाँ, चित्र वहादुर थापा, कानुनी सल्लाहकार शालिग्राम भट्टराई र पदेन सल्लाहकार वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनालाई क्लवका पुर्व अध्यक्ष ताराप्रसाद तिमिल्सिना र निवर्तमान अध्यक्ष सुशील बस्नेतले खादा,बुके लगाएर स्वागत गर्नुभयो।

 

 कार्यक्रममा बोल्दै मानार्थ सदस्य वेनीवहादुर बस्नेतले समाज विकास र रूपान्तरणमा सामाजिक संघसंस्थाले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। क्लवका अध्यक्ष मोहन वहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य राजकुमारी बानियाँ, सल्लाहकार राजेन्द्र वहादुर देवकोटा, खिमलाल अधिकारी लगायतले क्लवले आयोजना गर्ने हरेक कार्यक्रमलाई सफल बनाउन सवै पक्षको सहकार्य आवश्यक रहेको बताए। कार्यक्रमको सञ्चालन सचिव तुल वहादुर वस्नेतले गरेका थिए। क्लवले स्थापना दिवसको अवसरमा यही कार्तिक २२ गते २७ औं रक्तदान, समाजसेवा र उत्कृष्ट कृषक पुरस्कार र एकल महिला सहयोग हस्तान्तरण साथमा विविध साँस्कृतिक  कार्यक्रम गर्ने तयारी गरेको छ। 

 

कार्तिक १२ गते स्थापना दिवसको दिन साँझ क्लव सचिवालयमा दिप प्रज्वलन गरिने बताइएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update