Setopana.com
नेपाल रेडक्रस सोसाइटी पोखरा – ३३ उपशाखा भरतपोखरीको आकस्मिक रक्तदानमा ६४ युनिट रगत संकलन

चाडपर्वका कारण रक्तदान कार्यक्रम नहुँदा र डेंगु महामारी फैलिएसँगै पोखरामा रगतको अभाव देखिएको छ । रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी कास्कीले आकस्मिक रक्तदान कार्यक्रम आह्वान गरेको छ ।

यसैविचमा रक्तदान जीवन दान भन्ने उक्तिलाई सार्थकता दिदै नेपाल रेडक्रस सोसाइटी पोखरा-३३. उपशाखा भरतपोखरीले गरेकाे कार्यक्रममा ६४ युनिट रगत संकलन भएकाे छ । नियमित रक्तदान कार्यक्रम रोकिए पछि पोखरामा रगतको अभाव भएको क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका कार्यालय प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि पाेखरा महानगरपालिका वडा नं. ३३ का अध्यक्ष रामचन्द्र अधिकारीले पहिलाे रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै रेडक्रसका आदर्श र सिद्धान्त लगायतका विषयमा प्रकाश पारेका थिए । उपशाखाका सभापति टुकराज भण्डारीले शाखाका गतिविधि संगै डेँगी रोग नियन्त्रण सम्बन्धमा सचेत गराएका थिए ।

नेपाल रेडक्रस सोसाइटी कास्की सभापति डण्डराज शर्मा पौडेलका अनुसार सम्भव भएसम्म सबै उपशाखा र विभिन्न संघसंस्थालाई रक्तदान कार्यक्रम आयोजना गर्न भनिएको छ । कास्कीमा हरेक वर्ष ४० हजार युनिट रगत आवश्यक पर्ने सभापति शर्माको भनाइ छ ।

प्रादेशिक रक्तसञ्चार केन्द्र कास्कीका प्रमुख अर्जुन ज्ञवालीलगायतले पछिल्लो समय रक्तदानको महत्व बढ्दा नयाँ रक्तदातामा समेत उत्साह थपिएको बताए । उनीहरुले विपद्का समयमा मानवीय सेवामा जुट्न आह्वानसमेत गरे ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ०३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update